४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललित मोदीसँग रिलेशनसिपमा छिन् अ‍भिनेत्री सुष्मिता



अ+ अ-

एजेन्सी । अभिनेत्री सुस्मिता सेन अहिले आईपीएलका संस्थापक तथा व्यापारी ललित मोदीलाई डेट गरिरहेकी छिन् । व्यवसायी ललित स्वयंले केहि तस्बिरहरु सहित यो कुराको घोषणा गरेका छन् ।

दुवैले विदेशमा बिहे गरेको खबर पनि आएको थियो तर ललितले ट्वीटरमा दुबै जना अहिले डेटिङमा मात्रै रहेको तर बिहे पनि गर्न सक्ने बताएका छन् ।

सुष्मिताको ६ महिनाअघि मोडल रोहमन शालसँग ब्रेकअप भएको थियो, यस्तो अवस्थामा उनी अचानक अर्को सम्बन्धमा प्रवेश भएपछि फ्यान पनि अचम्ममा परेका छन् ।

यिनै सुष्मिता हुन् जसको नाम ललित मोदीभन्दा पहिले रणदीप हुड्डा, विक्रम भट्टजस्ता ११ जनासँग जोडिएको थियो । यसअघि पनि सुस्मिताले आफ्नो लभ लाइफलगायत जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू लिएर मानिसहरूलाई चकित गरिसकेकी छिन् ।