३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता



अ+ अ-

इस्लामावाद । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् । तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा यस्तो अवस्था देखिएको हो । 

सीमा क्षेत्रका नागरिकमा अहिले केही दिन यतादेखि मानिस आवतजावत गर्न थालेका र त्यहाँ बस्ती रहेका नागरिकमा आगामी दिनमा अवस्था सामान्य हुँदै जाने आशा पलाएको बताएका छन् । तालिबानीले पछिल्लो समयमा असुरक्षाको अवस्था हटाउने सङ्केत देखाएको उनीहरुको भनाइ छ । 

राम्रोसँग तालिबानीले अघि बढ्ने सङ्केट देखाएका र यसबाट अफगानिस्तानमा शान्ति र स्थायीत्व बढ्न सक्ने आशा पलाएको सो क्षेत्रका नागरिकको भनाइ छ । यी दुई देशका सीमा क्षेत्रमा तालिबानीका कारण समस्या बल्झिने गरेको थियो । सीमा क्षेत्रमा सधैँ हिंसा हुने र मानिसको ज्यान जाने गरेको थियो । 

पछिल्ला दिनमा तालिबानीले अफगानिस्तानको सत्ता हातमा लिएकाले यस अवस्थामा सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । सीमा क्षेत्रका मानिसले कुनै पनि देशको हस्तक्षेप नगर्न र तालिबानीलाई आफै काम गर्न दिन पनि आग्रह गरेका छन् ।