३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दक्षिणपूर्वी एसियाली देशहरूद्वारा स्वास्थ्य प्रणालीलाई पुनः अभिमुखीकरण गर्ने प्रतिबद्धता व्यक्त

दक्षिणपूर्वी एसियाली देशहरूद्वारा स्वास्थ्य प्रणालीलाई पुनः अभिमुखीकरण गर्ने प्रतिबद्धता व्यक्त
अ+ अ-

काठमाडौं । हालको महामारीबाट पाठ सिक्दै र बिरलै मात्र आउने यस्तो अवसरको उपयोग गर्दै, विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्र अन्तर्गतका देशहरूले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको उत्थानशीलतालाई थप सबलीकरण गर्ने मन्त्रीस्तरीय प्रतिबद्धता घोषणा गरेका छन् ।

हाल जारी चाहत्तरौं क्षेत्रीय समितिको बैठकको दौरानमा एउटा मन्त्रीस्तरीय गोलमेचमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपाल सिंहले भन्नुभयो, “प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसंख्यालाई समेट्ने मजबुत स्वास्थ्य प्रणालीहरूले जनतालाई थप स्वस्थ, उत्पादक र आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्दछन् । उत्थानशील स्वास्थ्य प्रणालीहरू आपत्कालीन तत्परता र प्रतिकार्यका आधारशिला हुन् र यस्ता प्रणालीहले प्रकोपका घटना हुँदा अत्यावश्यक स्वास्थ्य सेवाहरू सुचारु रहेको सुनिश्चित गर्न मद्दत गर्दछन् ।”

मन्त्रीस्तरीय गोलमेचमा अनुमोदन गरिएको उक्त घोषणा मार्पmत सदस्य राष्ट्रहरूले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू तर्पm प्रगति गर्नका लागि आवश्यक राजनीतिक नेतृत्व र जवाफदेहीता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सदस्य राष्ट्रहरूले सार्वजनिक लगानी अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीहरूलाई बृहत् प्राथमिक स्वास्थ्य सेवातर्पm पुनः अभिमुखीकरण गर्ने र सो मार्फत जनस्वास्थ्यसम्बन्धी आपत्कालीन प्रतिकार्य क्षमताको लागि र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि आधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

“महामारीले स्वास्थ्यमा, विशेषगरी प्राथमिक स्वास्थ्य सेवाको तहको जनशक्तिमा लगानी गर्नुको महत्व तथा अत्यावश्यकतालाई प्रष्ट पारिदिएको छ । जनस्वास्थ्य सम्बन्धी आपत्कालको समयमा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न र उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्नका लागि सुपथ, प्रभावकारी, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रा आवश्यक पर्ने कुरा पनि यस महामारीले देखाएको छ,” क्षेत्रीय निर्देशकले थप्नुभयो ।

उक्त घोषणामा महामारीको दौरानमा र महामारी पश्चातको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरू र जनस्वास्थ्यका कार्यक्रमहरू सुचारु राख्नका लागि समुदायहरूलाई अझ संलग्न गराउने र समुदायहरूको सशक्तिकरण गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

जोखिममा रहेका र प्रभावित समुदायहरूका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्नका लागि, सदस्य राष्ट्रहरूले जनस्वास्थ्य आपत्काल सम्बन्धी र विपद् जोखिम व्यवस्थापन सम्बन्धी रणनीतिहरूलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमति पनि जनाएका छन् ।

यसका अतिरिक्त, सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोग लगायतका नसर्ने रोगहरूलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरूका लागि राष्ट्रिय गुणस्तर मापदण्डहरू स्थापना गर्ने र महामारी तथा पुनरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यसैगरी, सदस्य राष्ट्रहरूले परम्परागत औषधि प्रणालीहरूको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्ने सहमति जनाएका छन् ।

उक्त घोषणामा जनस्वास्थ्य सम्बन्धी आपत्कालहरूलाई सम्बोधन गर्न र सबैका लागि उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्न आवश्यक पर्ने राष्ट्रिय क्षमता विकासको कार्यमा विश्व स्वास्थ्य सङ्गठनको महत्वपूर्ण भूमिका लगायतका अतिरिक्त स्रोत तथा साझेदारीहरूको महत्व माथि पनि जोड दिइएको थियो ।

“मिलेर काम गर्दा हामी झन बलियो हुन्छौं । मिलेर काम गरेर हामीले अत्यावश्यक स्वास्थ्य सेवाहरूको अझ राम्रो पुनः निर्माण गर्न सक्छौं ताकि सबैका लागि अझ न्यायपूर्ण, स्वस्थकर, र स्वास्थ्य सुरक्षासहितको भविष्य निर्माण गर्न सकियोस् र कसैलाई पनि पछाडि नछोडियोस्,” क्षेत्रीय निर्देशकले भन्नुभयो ।