३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तीज आउँदैछ जानिराख्नुस् ग्यासट्रिकबाट बच्ने उपायहरु !

तीज आउँदैछ जानिराख्नुस् ग्यासट्रिकबाट बच्ने उपायहरु !
अ+ अ-

काठमाडौं । नेपालमा ग्यास्ट्रिकलाई 'राष्ट्रिय रोग' संज्ञा दिइएको छ । यसको अर्थ यो हो कि, हरेक नेपालीमा यो रोग देखिन्छ । प्राय ४० वर्षभन्दा माथि उमेरका मानिसलाई यो रोग लाग्नुपर्ने हो । तर, अहिले सबै उमेरमा यसको समस्या देखिने गरेको छ । 

वाकवाकी लाग्ने, पेट पोल्ने, पेट फुल्ने, तन्केकोे महशुुस हुने र खाना खाइसकेपछि अमिलो डकार आउने, छातीमा दुखाइ र कहिलेकाहीं फुलेको महशुस हुन्छ । तर, सबै पेट दुखाइको कारक ग्यास्ट्रिक हुँदैन । खानाको सन्तुलन नमिल्दा पनि पेट दुख्छ । 

पेटमा एसिड हुन्छ, जसले पाचन प्रणालिमा सहयोग पुर्‍याउँछ । पेटमा एसिडिटीको मात्रा बढी हुँदा ग्यास्ट्रिकको समस्या आउने हो । त्यसका कारण पेट र सानो आन्द्रामा घाउ हुन्छ, जसका कारण अल्सर पनि हुने गर्छ । 

ग्यास्ट्रिक र अल्सरका कारणहरू :

  • धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु
  • पेन किलर तथा बाथ रोगसँग सम्बन्धित औषधिहरू धेरै सेवन गर्नु
  • चटपटे, पानीपुरी, पिरो चाउचाउ र अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोग

के खाने ?

गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खाने ।

के नखाने ?

रातो मासु, सुख्खा खानेकुरा, पिरो र अमिलो अचार, खुर्सानी, अमिलो दही, प्रशस्त तेलमा तारेको माछा र मासु, पकौडा, समोसा, चाउमिन, मःम, मालपुवा, कफी, चकलेट, चना, केराउ, अमिलो कागती, फलफूल, दूध चिया र चिसो पेय पदार्थ कोक, फ्यान्टा, पेप्सीबाट टाढै रहने ।

बच्ने उपायहरु :

खाली पेटमा चिया कफी पिउनाले धेरै मानिसलाई एसिडिटीको समस्या देखा पर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेटमा चियाको सट्टा एक–दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पेयपदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर जति पानी पिउने बानी बसाल्नुपर्छ ।  

नरिवल–पानीको सेवन पनि एसिडिटीका लागि निकै उत्तम मानिन्छ ।  एसिडिटीको समस्याका लागि एलोप्याथिक चिकित्सकले एन्टाएसिड जस्तै– एसिलग प्रेस्क्राइब्ड गर्ने गर्छन् भने आयुर्वे्िदक चिकित्सकले अविपत्तिकर चूर्ण तथा सुतशेखर रस आदि प्रेस्क्राइब्ड गर्ने गर्छन् ।  

तर आहारविहार (लाइफ स्टाइल) लाई ठीक नगरीकन औषधिले मात्र एसिडिटीबाट छुटकारा प्राप्त गर्न गाह्रो हुन्छ । किनभने औषधिले पेटमा बढेको एसिड कम गर्छ । तर एसिड बढी पैदा हुने कारणलाई ठीक गर्न सक्दैन । त्यसैले एसिडिटीबाट मुक्ति प्राप्त गर्न पेटमा बढी एसिड पैदा हुने कारणलाई नै ठीक गर्नुपर्छ ।  

सुरुवातको अवस्थामा आहारविहार ठीक राखी घरेलु औषधि गर्ने हो भने एसिडिटी ठीक हुन सक्छ । एसिडिटीमा लाभ गर्ने अनेक घरेलु औषधिहरु छन् । जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउनाले एसिडिटीमा लाभ गर्छ ।  

खाने सोडा २५ ग्राम, बिरेनून २५ ग्राम, निम्बु सत १२ ग्राम तथा त्रिफला ३०० ग्राम सबैलाई राम्रोसँग पिसेर चूर्ण बनाई एउटा शिशीमा राख्नुपर्छ । अनि प्रत्येक बेलुका एक गिलास पानीमा एक ठूलो चम्चा सो चूर्ण भिजाएर भोलिपल्ट बिहान छानेर पिउने गर्नुपर्छ । केही दिनमै लाभ भएको महसुस गर्न सकिन्छ ।  

बिहान–बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने गर्दा ग्यांस्टिकको समस्यामा फाइदा गर्छ । एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने गर्नु अति राम्रो मानिन्छ ।  

सानो हर्रो घिउमा भुटेर राख्ने र खानापछि २ वटा ल्वाङ, आधा चम्चा सौफ र अलिकति मिश्री चुसेर खाने अनि एउटा हर्रो सुपारी चेपेझैँ मुखमा चेप्ने गरेमा पनि ग्यांस्टिकको समस्या न्यून गर्न सकिन्छ । प्राकृतिक एवम् मनोवैज्ञानिक उपचार । एसिडिटीबाट मुक्ति हुन प्राकृतिक चिकित्सा तथा योगासनको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले एसिडिटी हुनेका लागि कुन्जर क्रिया उत्तम मानिन्छ । कुन्जर क्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषाक्त पदार्थहरु बाहिर फयाँक्न सहयोग गर्छ ।  

यसै गरी कपालभाँती प्राणायाम तथा वज्रासन, पवनमुक्तासन तथा भुजंगासनजस्ता आसनहरु एसिडिटीलगायत पेटका अन्य रोगहरुमा निकै लाभकारी मानिन्छन् । त्यसैले कुन्जर क्रियाद्वारा पेट सफा गर्ने, योगासनहरु गर्ने तथा उचित आहारविहार गर्ने हो भने ग्यांस्टिकको समस्याबाट मुक्ति मिल्न सक्छ ।

 यी सबै किसिमका उपचारगर्दा पनि अधिकांश मानिस एसिडिटीबाट पूर्णरुपमा छुट्कारा प्राप्त गर्न सकिरहेका हुँदैनन् । औषधि सेवन गर्दासम्म उनीहरुलाई लाभ हुन्छ, अनि फेरि जस्ताको तस्तै ।  यसको मूल कारण ग्यांस्टिकको मनोवैज्ञानिक पक्षलाई बेवास्ता गर्नु हो । किनभने ग्यांस्टिकको समस्या मस्तिष्कसँग पनि सम्बन्धित छ । किनकि एसिडिटी मानसिक चिन्ता वा तनावले पनि पैदा हुन्छ । ठीक समयमा खाना नखाने तथा उचित भोजन तथा शारीरिक व्यायाम आदि नगर्नाले पनि यो समस्या उत्पन्न हुन्छ । ठीक समयमा पथ्य भोजन नगर्ने र व्यायाम गर्न अल्छी गर्नेहरु एसिडिटीको समस्यामा पर्न सक्छन् । यी कुराहरु मनमस्तिष्कसँग सम्बन्धित हुन्छन् । त्यसैले

मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरीकन एसिडिटीबाट छुट्कारा प्राप्त गर्न सकिँदैन ।  मनोविज्ञबाट काउन्सिलिङ पनि गर्नुपर्ने हुनसक्छ । के खाने र के नखाने रु बेसन तथा मैदाका परिकार, कचौडी–पकौडी, जेरी–पुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चिया–कफी, कोल्डड्रिंक, मासको दाल, चना, मुसुरोको दाल, बैगुन, अमिलो–पिरो, चिल्लो, अचार, मसालेदार परिकार, दही आदि पदार्थ नखानु नै बेस हुन्छ । धूमपान, मद्यपान, निकै तातो, बासी पदार्थ, बढी खाना, बेसमयको खाना, हतारमा राम्रोसँग नचबाई खाएको खानाले पनि एसिडिटी बढाउँछ । त्यसैले यसमा परहेज गर्नुपर्छ । खानासँग पानी खाने बानी पनि राम्रो होइन ।

 यस्तै मानसिक तनाव, क्रोध, शोक, आलस्य, अनावश्यक कामको बोझ, सामाजिक निष्क्रियता आदिले एसिडिटीर ग्यांस्टिक बढाउने हुँदा यस्ता कुराप्रति पनि सजग हुनुपर्छ । तर एसिडिटीर ग्यांस्टिक भएकाहरुले चोक्करयुक्त आटाको रोटी, रेसादार हरियो सागसब्जी, लौका, परबर, फर्सी, काँक्रो, चौलाई, पालुंगो, अकुंरित अन्न, अनार, किसमिस, मुनक्का, मुगको दाल, गुलियो तथा चिसो पदार्थ, अमला तथा स्याउको मुरब्बा प्रशस्त खाँदा हुन्छ ।  

सधैँ शुद्ध र ताजा भोजन गर्ने, ठीक–ठीक समयमा खाना खाने, राम्रोसँग चपाएर खाने बानी बसाल्नुपर्छ । सकारात्मक सोच, प्रेमपूर्ण लाइफ, बिहानको हिँडाइ, योग, ध्यान, व्यायाम, खेलकुद, सामाजिक सक्रियताले पनि एसिडिटीको समस्यामा फाइदा पुर्याउने हुँदा यस्ता कुरामा अल्छी गर्नुहुँदैन । 

(एजेन्सीको सहयोगमा)