२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाद्वारा दुई विधेयक पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ । ती विधेयकमा औषधी ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनसम्बन्धी विधेयक छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवनीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । विधेयकको सैद्धान्तिक छलफलमा सांसद योगेशकुमार भट्टराई, पुष्पा भुसाल गौतम र विमला विकले भाग लिनुभएको थियो ।

यसैगरी स्वास्थ्यमन्त्री खापुङले ‘स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक उपरको छलफलमा सांसद कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, नारायणप्रसाद खतिवडा, पुष्पा भुसाल गौतम र घनश्याम खतिवडा लगायतले भाग लिनुभएको थियो ।

दुवै छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै स्वास्थ्य मन्त्री खापुङले विधेयकलाई संविधानले दिएको समयसीमाभित्र रही दुवै विधेयक सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणित गर्नुपर्ने भएकाले विधेयकका सम्बन्धमा पेस भएका संशोधन प्रस्ताव फिर्ता लिन अनुरोध गर्नुभयो ।

यसअघि सांसद प्रेम सुवालले दुवै विधेयक माथि पेस गर्नुभएको संशोधनको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गर्नुभएको ती विधेयक सर्वसम्मतिले स्वीकृत गर्दै छलफलका लागि सम्बधित समितिमा पठाइने भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते दिउँसो ३ बजे बस्नेछ ।