५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताः ११ खेलाडी छनोट

कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताः ११ खेलाडी छनोट
अ+ अ-

काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।

दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।

अब्सुलुट तेक्वान्दो डोजाङकी गुनमाया गुरुङ, कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, अब्सुलुटका सुभन गुरुङ, मूलपानीका भिजन तामा, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, मूलपानीका मधुसुदन सापकोटा, नेपालगन्जका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भएका छन् ।

पलेशा र लामा सम्मानित
नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र प्रशिक्षक दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको छ ।

पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए । पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरियामा ५ औं स्थानमा उक्लिएकी   छन् ।