१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

बौद्ध धर्मावलम्बीको वर्षावास सुरु
अ अ+ अ-

रुपन्देही । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा यसको शुभारम्भ गरिएको छ ।

तीनमहिने वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्ध धर्म र दर्शनको प्रचारका लागि वर्षावास उपयुक्त समय भएको बताउनुभयो । बौद्ध भिक्षु तथा उपासक उपासिका एकै ठाउँमा भेला हुने र धार्मिक कार्यक्रम गरेर बुद्धको शिक्षा फैलाउन यो समयको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

विश्वशान्ति, मेलमिलाप र भाइचाराका लागि बुद्धको सन्देश महत्वपूर्ण रहेको जनाउँदै उहाँले आफ्नो सुख सयल त्यागेर विश्वका लागि शान्ति खोज्न हिँड्नु महान् काम भएको धारणा राख्नुभयो । “आज विभिन्न देशमा आणविक हतियारबाट एकले अर्कोलाई निस्तेज गर्ने परिपाटी छ, यस्तो अवस्थामा बुद्धको शान्तिको सन्देशको महत्व धेरै छ, यसलाई सबैले आत्मसात् गर्नुपर्छ”, प्रमुख शेरचनले भन्नुभयो ।

सारा जनता एक भएर बुद्धको शिक्षालाई व्यवहारमा उतार्न सके देशमात्र नभई विश्वमा नै सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ । “हामीले बुद्धलाई बुझ्न भिक्षु बन्नैपर्छ भन्ने होइन, तर एकले अर्कोलाई सहयोग गरौँ, अर्काको राम्रो सोचौँ यो नै बुद्धको शिक्षाको हो”, प्रमुख शेरचनले भन्नुभयो ।

लुम्बिनीको राजकीय बुद्ध विहार लुम्बिनी विकास कोषको गुरुयोजना बाहिर रहेको सुन्दा आफूलाई अचम्म लागेको जनाउँदै प्रमुख शेरचनले यसलाई सच्याएर अघि बढ्नुपर्ने र यसका लागि प्रदेश सरकारसँग छलफल गर्ने वचन दिनुभयो । “लुम्बिनी क्षेत्रकै पुरानो विहार गुरुयोजना नपर्नु दुस्खद कुरा हो, यसबारे प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर भए पनि सच्याउन पहल गर्छु”, उहाँले भन्नुभयो ।

पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले अहिले संसारले शान्ति चाहेकाले बुद्धको दर्शन अझै अपरिहार्य भएको बताउनुभयो । “द्वन्द्वबाट सबै देश टाढा रहन चाहन्छन्, त्यसैले बुद्धको शिक्षा र सन्देश आज पनि सान्दर्भिक छ”, मन्त्री चौधरीले भन्नुभयो । बुद्ध जन्मभूमिमा बस्न पाउनु र यही क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि गर्वको विषय भएको बताउँदै उहाँले यो क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले मानिसले भित्रबाट इच्छा गरेको कुरा शान्ति भएकाले बुद्धको शिक्षालाई आत्मसात् नगर्दासम्म यसको प्राप्ति नहुने बताउनुभयो । उहाँले कोरोनाका कारण पछिल्लो समय धार्मिक गतिविधि सुस्ताएकाले अब सबै विहारले यस्ता धार्मिक क्रियाकलाप बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन सञ्जीव हुमागाइँले लुम्बिनीमा हुने कायक्रममा स्थानीयको सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले २०१३ सालमा स्थापित राजकीय बुद्ध विहारको स्थानीयले नै संरक्षण गर्दै आएको बताउँदै अब नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

वर्षावास शुभारम्भ भएसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षुहरु वर्षावास बस्नुभएको छ । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिन भित्रका जीव तथा किराहरु बाहिर निस्कने हुँदा बाहिर हिँड्डुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षावास बस्ने गर्नुहुन्छ । वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै विहारमा बसेर अध्ययन एवम् चिन्तन मनन गर्नु हो । वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने तथा हिँड्डुल गर्दा किरा फट्याङ्ग्रा कुल्चने डर हुने भएकाले भगवान बुद्धले वर्षावासको व्यवस्था गर्नुभएको भिक्ष सागर धम्मको भनाइ छ ।

भिक्षु धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ ।

सिद्धार्थ गौतमले आषाढ पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गर्नुभएको थियो । उहाँले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण ९घरबार त्याग० गर्नुभएको बौद्ध शास्त्रमा उल्लेख छ । अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले पहिलो पटक पाँचजना ब्राह्मणलाई शिक्षा दिनुभएको थियो । तयसलाई धर्मचक्र प्रवर्तन भनिन्छ अर्थात् आषाढ पूणिर्माकै दिनदेखि बुद्ध धर्मको प्रचारप्रसार अभियान प्रारम्भ भएको मानिन्छ ।

वर्षावासको समयमा विहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमित रूपमा विहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने कार्यक्रम न्यानवती गुरुमाले बताउनुभयो ।

वर्षावास बस्नुअघि भिक्षुहरूको सिमानाभित्र रहेको उपोसधगारमा भिक्षुसङ्घमा भेला हुुनु जरुरी छ । यसपछि भिक्षुसङ्घको सङ्घनायक अगाडि आफूले जानी नजानी गरेका भूल वा दोषहरू स्वीकार गरी क्षमादान गर्न आह्वान गरिन्छ । यस सङ्घकर्मलाई उपोसध कर्म भनिन्छ । यस उपोसधपछि आ–आफ्ना विहार वा आफूले इच्छा गरेका विहारमा भिक्षुहरू वर्षावासका लागि प्रस्थान गर्ने गर्छन् ।

वर्षावास बसेको अवसरमा एउटा छुट्टै पवारण भनी कार्यक्रमको व्यवस्था गरिएको हुन्छ । यस अवसरमा आफूले भोगेका पीर मर्का कठिनाइ र आफूले गरेका भूल भिक्षुसङ्घ अगाडि आफूभन्दा ज्येष्ठ भिक्षु सामुन्ने संयमित भई क्षमायाचना गरी पवारण विनय पालन गरिन्छ । आफूले गरेको भूलप्रति स्वीकार्न अनुरोध गरेकाले यस अवसरमा आत्मदेशना र पवारण विनय पालन गरिएकाले भिक्षुसङ्घले क्षमा स्वीकार गर्ने बताइन्छ ।

भिक्षुहरूको तीनमहिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय विहारका उपासक उपासिकाले खुसीले कठिन उत्सव मान्ने परम्परा छ । उपासक उपासिकाबाट वर्षावास बसेका भिक्षुलाई कठिन चीवर दान गर्ने परम्परा रहेको बौद्ध महिला समितिका सहसचिव टीका कटेल बताउनुहुन्छ । उक्त दिनमा पूजापाठ, दान गरी भोजनको व्यवस्था गराइन्छ । यसरी प्रत्येक वर्ष गरिने वर्षावास तथा कठिन उत्सव मनाउने गरिन्छ । यो कठिन उत्सव वर्षमा एउटा विहारमा एकपटक मात्र मनाइन्छ ।

कठिन दानको अवसरमा पूजा पाठ गरी दान शील भावना राखी प्रवचन सुन्ने र भिक्षुगण, अनागरिक र अन्य श्रद्धालु भक्तजनलाई समेत निमन्त्रणा गरी भोजन दान गर्ने प्रचलन रहेको बौद्ध महिला समितिका अध्यक्ष यमुनादेवी पौडेलले बताउनुभयो ।