६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायणले निः शुल्क रगत उपलब्ध गराउने



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० देखि महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने भएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सिँचाइ, खानेपानीदेखि आफैँ विद्युत् उत्पादनसम्मको लक्ष्य लिएर महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो“ परियोजनाले चाँगुनारायणवासीको घरघरमा खानेपानीको धारा, खेतखेतमा सिँचाइ , विद्युत् उत्पादन र पर्यटनको विकास गर्ने लक्ष्य लिएको छ । ”

नगरपालिकाको सहयोग र समन्वय तथा इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रालिको आयोजनामा सोमबार सम्पन्न चाँगुनारायणको विकासमा सञ्चारकर्मीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नगरपालिकाले पर्यटकीय सडक निर्माण गर्ने अर्को योजना अगाडि सारेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेका छौँ, झौखेलको ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरबाट त्रिशुलडाँडामा गोरखनाथको मन्दिर निर्माण सम्पन्न गर्दै त्यहाँबाट तेलकोट, जालपादेवी, शान्ति स्तुपा, टावर, बाल्मिकेश्वर मन्दिर, सुडालबाट काभ्रको सिमाना कल्पेश्वर महादेवसम्म पर्यटकीय सडकको रूपमा विकास गर्ने मुख्य योजना अगाडि सारेका छौँ ।”

नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यसवापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख खत्रीले बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्श गर्दै निःशुल्क क्यान्सर जाँचको व्यवस्था गर्ने योजना अगाडि सारेको जानकारी दिनुभयो ।

नगरभित्रका विद्यालयमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, सामुदायिक विद्यालयमा विद्युतीय बस सञ्चालन गर्ने नीति लिँदै त्यसका लागि अनुदानको व्यवस्था गर्ने, विद्यार्थीलाई खाजा कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको प्रतिव्यक्ति रु १५ मा नगरपालिकाले रु १० थपेर रु २५ पुर्याएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले स्थानीय तहमा काम धेरै भएको तर जनशक्ति निकै कम भएको सन्दर्भ कोट्याउँदै स्थानीय तहको भारवहन क्षमता कति रहन्छ, त्यसअनुसार अहिलेको जनशक्ति कतिको कार्य गर्न सक्छ भन्नेबारेमा पत्रकारले खोज्नुपर्ने औँल्याउनुभयो ।

प्रमख प्रशासकीय अधिकृत चापागाईँले भन्नुभयो, “नगरपालिकालाई फास्टट्र्याकको नेटवर्कमा जोड्ने गरी योजना अगाडि सारेका छौँ, सङ्घको समपूरक कार्यक्रमबाट सबै वडा छुने गरी फास्टट्र्याक निर्माण गरी नगरबस सञ्चालन गर्ने नीति लिएका छौँ, आगामी असोजबाटै सबै बस सेवा सञ्चालन गर्ने योजना छ ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकालाई नमूनाको नगरपालिका बनाउने गरी नीति, कार्यक्रम तथा बजेट ल्याएकाले यसको कार्यान्वयनमा सबैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले जथाभावी जग्गा खण्डीकरण रोक्न जग्गा प्लानिङ कार्यविधि नै ल्याउन लागेको बताउँदै मनोहराखोलाको कटान रोक्न तीनवटै नगरपालिका मिलेर करिडोर बनाउनेबारेमा छलफल भएको बताउनुभयो । कार्यक्रमका सभापति पुष्करराज बुढाथोकीले स्थानीय तह सुशासन र पारदर्शितामा जानुपर्नेमा जोड दिँदै नगरपालिकाले सूचना प्रवाह निरन्तर दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।