६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुली प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा



अ+ अ-

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो

कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो । यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै गुनासो राहदानीको रहेको छ । प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो आएको थियो । यही गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा प्रशासनले आफ्नो सेवा समय बढाएको हो ।

कार्यालयले विगतमा एक हप्तामा ८० जनाको राहदानी फारम लिने गरिएकामा अब दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ । कर्मचारी अभाव हटेकाले बिहान ७ देखि साँझ ७ बजेसम्म १२ घण्टा दैनिक सेवा विस्तार सुरु भएकाले सेवाग्राहीको गुनासो सम्बोधन भएको जनाउँदै अब सेवाग्राहीले तत्कालै सेवा पाउने प्रजिअ न्यौपानेले बताउनुभयो ।

कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । बिहान ७–१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ । प्रशासनको सेवा प्रवाहमा आवश्यक कर्मचारीका लागि कमलामाई नगरपालिकाले सहजीकरण गरिदिएको थियो ।