१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा शेखर पक्षका विद्यार्थीले लगाए नाराबाजी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय नानेपा प्रवेश गर्न लाग्दा नाराबाजी भएको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय समितिको बैठक बस्ने तालिका अनुसार देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी भएको हो ।

सभापति देउवाले विधानअनुसार काम गर्नुपर्ने र नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग राख्दै उनीहरूले नाराबाजी गरेका थिए ।

उनीहरुले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाहरुको तत्काल वैधानिक पूर्णताको माग गरेका छन् ।