७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा शेखर पक्षका कार्यकर्ताको नाराबाजी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार नेता शेखर कोइराला पक्षका कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन र नाराबाजी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संगठनहरुमा एकलौटी गरेको भन्दै शेखर पक्षका कार्यकर्ता तथा विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्नुपर्ने र नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरुले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाहरुको तत्काल वैधानिक पूर्णताको माग गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा विद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन गरेपछि सुरक्षा कडा बनाइएको छ। सुरक्षाकर्मी पनि बाक्लो संख्यामा परिचालन गरिएको छ।

स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।