२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद विस्तार गर्दै, १० मन्त्री थपिने



अ+ अ-

हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा ल्याएकी छन् ।

एमाले विभाजनसँगै अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत ओगट्दै सरकार विस्तार गरेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले आजै दिउँसो २ बजे सपथग्रहण लिने बताइएको छ । 

अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् ।

१.जीवन खड्का, ललितपुर

२. अजय क्रान्ति शाक्य, काठमाडौं

३. सरस्वती बाटी, भक्तपुर

४. बद्री मैनाली, नुवाकोट

५. रचना खड्का, दोलखा

६.जुनेली श्रेष्ठ, मकवानपुर

७. चन्द्र लामा, काभ्रेपलान्चोक

८. शान्तिप्रसाद पौडेल, रामेछाप

९. विजय सुवेदी, चितवन

१०. प्रदिप कटुवाल, सिन्धुली

यीमध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।




भर्खरै