२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद विस्तार गर्दै, १० मन्त्री थपिने



अ+ अ-

हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा ल्याएकी छन् ।

एमाले विभाजनसँगै अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत ओगट्दै सरकार विस्तार गरेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले आजै दिउँसो २ बजे सपथग्रहण लिने बताइएको छ । 

अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् ।

१.जीवन खड्का, ललितपुर

२. अजय क्रान्ति शाक्य, काठमाडौं

३. सरस्वती बाटी, भक्तपुर

४. बद्री मैनाली, नुवाकोट

५. रचना खड्का, दोलखा

६.जुनेली श्रेष्ठ, मकवानपुर

७. चन्द्र लामा, काभ्रेपलान्चोक

८. शान्तिप्रसाद पौडेल, रामेछाप

९. विजय सुवेदी, चितवन

१०. प्रदिप कटुवाल, सिन्धुली

यीमध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।