२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङ प्रिमियरको एम्बासडर



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हातिबनको प्रिमियर इन्टरनेशनल आईबी वल्र्ड स्कुलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ ।

राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कुलका प्रबन्ध निर्देशक वसन्त थापा र किरण बची सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतासँगै किरण स्कुलको स्पोट्र्स कार्यक्रममा सामेल हुने छन् भने फुर्सदिलो समयमा स्कुलमा आबद्ध भएका विद्यार्थीलाई फुटबलको प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, स्कुलका पदाधिकारीले किरणसँग जोडिनु संस्थामा आबद्ध भएका विद्यार्थीका लागि फाइदा भएको बताए । सम्झौतापछि बोल्दै कप्तान किरणले प्रिमियरले शिक्षासँगै राम्रो फुटबल खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।