४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत भोली नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए ।

दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो । मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्ष ग्यारी फिलिप्सले बताए ।

छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह एफ मा रहेको छ । नेपाल सम्मिलिग समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका रहेको छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने  दोस्रो खेल हंङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुने छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।  एसियन कप जनवरी २० देखी फेब्रुअरी ६ सम्म हुनेछ ।