• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

राजस्व सङ्कलनमा कमी



भैरहवा । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ ।

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन भएको थिहो ।

सवारीसाधनका चालकलाई गरिने कारबाहीको सङ्ख्यामा पनि कमी आएको छ । गत चैतमा ६ हजार ७५० चालकलाई कारबाही गरिएको थियो भने वैशाखमा पाँच हजार ४६९ सवारी चालकलाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयले जेठमा पाँच हजार ४३१ सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्नेमा ट्रक चालक र मोटरसाइकल चालक बढी छन् । चालु आवको जेठ महिनासम्म ५२ हजार ३०७ ट्रक चालक र दुई हजार ९७५ मोटरसाइकल चालक कारबाहीमा परेका थिए ।