८ श्रावण २०८३, शुक्रबार
,
Latest
बांङ्लादेशका राष्ट्रपति शाहावुद्दिनद्वारा राजीनामा किसानले केराको उचित मूल्य पाए स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



file: rss
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । यसअघि विधेयकमाथिको छफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले विदेशीले सोझै सञ्चालन गर्न दिने सरकारको नियत नभएको र प्रचलित कानुनको आधारमा विदेशी वा निजी कम्पनीसँग सहयोग लिन सकिने बताए ।

देशको सार्वभौमसत्ता धुमिल नहुने गरी काम गर्न र कानुनको परिपालनामा मन्त्रालय सजग रहेको उनको भनाइ छ । हाल जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेकाले पनि ऐन आवश्यक रहेको उनले बताए ।

उनले भने, “ऐन ल्याउन नसक्दा रेल सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।” विधेयक यही असार १७ गते राष्ट्रियसभाबाट पारित भएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू दिव्यमणिराज भण्डारी, भीमबहादुर रावल, सरिताकुमारी गिरी, प्रेम सुवालले भाग लिएका थिए ।