२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता भोलिदेखि



अ+ अ-

काठमाडौं । स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २८ र गल्र्समा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइजको नकआउट तथा गल्र्सको लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ । ब्वाइजमा पहिलो हुनेले ७ हजार तथा दोश्रोले ४ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दिप बराइलीले जानकारी दिए । गल्र्समा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ५ र ३ हजार नगद पुरस्कार जित्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु सामाखशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पण्डित, सञ्चालकहरु चुडामणि शर्मा, रमेश सुवेदी, हरिप्रसाद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।