२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश भर्सेस् नेपालः नेपालको सुरुवाती-११ सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ को घोषणा गरेको छ । नेपालका राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स रहेका छन् भने रेनुका नगरकोटीको कप्तानीमा आजको खेल हुँदैछ । 

नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुँदैछ।  उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल भने आइतबार हुनेछ।

नेपालको सुरुवाती- ११ मा गोलकिपरमा एन्जिला सुब्बा, डिफेन्डरमा गीता राना, हिरा भुजेल,पुजा राना, र अमृता जैशी छन् भने मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बु, र मन्जली थोकर रहेका छन् । त्यसैगरी फरवार्डबाट प्रिती राई, सबिता राना, र विमला चौधरीले खेल्दैछन् ।