२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्द नेपालको जित



अ+ अ-

काठमाडौं । नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले जित हाँसिल गरेको छ ।

बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ पराजित गरेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गोल गरेका हुन् । बंगलादेशका लागि तोहुरा खातुनले खेलको ८३ औं मिनेटमा सान्त्वना गोल गरिन् ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल भने आइतबार हुनेछ।