३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुम पावरको आईपीओ आज बाँडफाँट



अ+ अ-

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको साधारण शेयर (आइपीओ) आज बाँडफाँट भएको छ । माग भन्दा अत्याधिक धेरै आवेदक परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो । 

कम्पनीको आईपीओ ७४ हजार चारसय जनाले मात्रै १० कित्ताको दरले पाएका छन् । बाँकी आवेदकको भने हात खाली भयो । आईपीओका लागि आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध भएको थियो । सदर भएको २३ लाख ४६ हजार ६ सय २७ जनाबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको थियो ।  

आईपीओको प्रि–अलोटमेन्ट गत मंगलबार भएको थियो ।  कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कुल निष्काशन मध्ये दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपियाँ रहेको छ । स्थानियलाई चार करोड रुपियाँ र सर्वसाधारणलाई आठ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपियाँ पुग्नेछ ।