६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुमिका देवानको  “अझ वर वर आउ”



अ+ अ-

काठमाडौं । गायक यम बरालको र गायीका प्रविशा अधिकारीको स्वर रहेको ‘अझ वर वर आउ’ बोलको गीत सार्वजनिक भएको छ। भूमिका देवान राईले निर्माण गर्नुभएको गितको म्युजिक भिडियो समृत तयार भएको हो । 

गायक बरालले नै संगीत दिनु भएको गितलाई गीतकार उज्वलराज भट्टराईले लेख्नु भएको हो ।  गीतलाई बलराम समालले संगीत संयोजन गर्नुभएको छ भने विक्रम कार्कीले मिक्सिङ तथा मास्टरिङ  गर्नुभएको छ । गितको म्युजिक भिडियोमा  नायीका बेनिशा हमाल र मोडल जोडर्न राजभण्डारीले अभिनय  गर्नुभएको छ ।  सोनम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोलाई सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने  बुद्ध थापाको  समुहले छायांकन गरेको हो। 

उपत्यकाको चर्चित पर्यटकियस्थल नगरकोटमा छायाकन गरिएको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् । हिन्दु नारीहरुको प्रमुख पर्ब तीजको अबसर पारेर सार्बजनिक गरिएको गीत तथा म्युजिक भिडियोले दर्शकको मन जित्ने आशा गर्दे निर्मात्री देवानले भन्नुभयो राम्रो गित बनोस भनेर मन खोलेर खर्च गरेका छौ ,सायद हामीले गरेको मेहनत दर्शक तथा श्रोताले मन पराउनु हुन्छ ।