२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात महिनापछि सी जिन्पिङ र जो बाइडनबीच टेलिफोन संवाद



अ+ अ-

वासिङ्टन । चीन र अमेरिकाका राष्ट्रपतिबीच सात महिनापछि पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको एउटा विज्ञप्तिअनुसार दुई नेताले बिहीवार दुई पक्षका स्वार्थहरू मिल्ने क्षेत्रबारे 'बृहत् रणनीतिक छलफल' गरेका थिए।

"यो छलफल राष्ट्रपति बाइडनले स्पष्ट पारे अनुसार अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग थियो," विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ। बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सीसँग यो उनको दोस्रो संवाद हो। 

"दुई नेताहरूले प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्न दुवै देशको उत्तरदायित्वबारे छलफल गरे।" केही महिनाअघि बाइडन सरकार र चीनबीच भएको उच्चस्तरीय वार्तामा तनाव उत्पन्न भएको थियो। दुवै पक्षका अधिकारीहरूले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए।

चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई 'चीनमाथि आक्रमण गर्न' उक्साएको आरोप लगाएका थिए। अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको बताएको थियो।




भर्खरै