९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद खातुनले दिइन् राजीनामा



अ+ अ-

काठमाडौँ । प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि सांसद खातुनले पदबाट राजीनामा दिएकी हुन् ।

बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीनामा सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका हुन् । मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको अर्को साता उनले राजीनामा दिएकी हुन् ।

अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरूद्धको सरकारी सही छाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको थियो। सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्।

उच्चको फैसलाप्रति पनि असन्तोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्। तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहोर्‍याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो।