२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्ससमा ट्रकभित्र ४६ आप्रवासीको शव फेला



अ+ अ-

एजेन्सी । अमेरिकाको टेक्सासस्थित सडक छेउमा पार्किङ गरेको ट्रकमा ४६ आप्रवासीको शव फेला परेको छ ।

ट्रकमा एक सयभन्दा बढी यात्रु सवार थिए । जानकारी अनुसार अस्पतालमा ४ जना बालबालिका सहित १६ जनालाई भर्ना गरिएको छ जसको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरुलाई बाहिर निकाल्दा उनीहरुको छाला तातो रहेको थियो ।

अत्याधिक गर्मीका कारण ट्रकको कन्टेनरको तापक्रम बढेर मानिसहरु गर्मीको सिकार भएको बताइएको छ । उक्त १८ पाङ्ग्रे ट्रक टेक्सासको सान एन्टोनियो सहरमा फेला परेको थियो । यसमार्फत अवैध रुपमा सीमा नाका हुँदै आएको थियो । सान एन्टोनियो शहर टेक्सास–मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा छ ।

फायर सर्भिसका एक अधिकारीका अनुसार ट्रक कन्टेनरको ढोका आधा खोलिएको थियो । भित्र भेन्टिलेसनको लागि ठाउँ थिएन र कन्टेनरमा पानीको सुविधा थिएन । घाइते ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । एबटले घातक खुला सीमा नीतिका कारण यी मृत्यु भएको बताए । गर्मी महिनाहरूमा एन्टोनियो सहरको तापक्रम निकै बढ्छ । सोमबार यहाँको तापक्रम ३९।४ डिग्री सेल्सियस थियो ।