१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी नियुक्तिविरुद्धको हेर्दाहेर्दै मुद्दाको सुनुवाइ आज



अ+ अ-

काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।

सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो ।




भर्खरै