• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

उपराष्ट्रपति नर्भिक इन्टरनेशनल हस्पिटलमा



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल आउनुभएको छ । दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उहाँ नर्भिक इन्टरनेशनल अस्पताल आउनुभएको हो ।

अस्पताल आएर उहाँले नियमित स्वास्थ्य जाँच गर्नुभएको थियो । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहनुभएको थियो । उहाँलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उहाँको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।