२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा र गभर्नर अधिकारीबीच भेट, पूँजीबजारको समस्या समाधान गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीहरुसँग भेट गर्नुभएको छ ।

भेटमा महामन्त्री थापाले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पूँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गर्नुभएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, “अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।”

तिलक कोइरालाले अनशन तोड्ने

यसैबीच पूजीबजार सुधार र विकासका १९ बुँदे माग अघि सार्दै अनशन बस्नुभएका पूँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइरालाले अनशन तोड्ने हुनुभएको छ ।

नेपाल धितोपत्र बोड (सेबोन) ले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उहाँले आजै अनशन तोड्नुहुने बताइएको छ । सेबोन कार्यालयबाहिर कोइराला १० दिनदेखि आमरण अनशन बसिरहनुभएको छ ।

लगानीकर्ताले उठाएका मागहरु कार्यान्वयन गर्न सेबोन र संघर्ष समितिबीच लगभग सहमति भएको जनाइएको छ। सेबोन अध्यक्ष र अनशनरत कोइरालाबीच मागहरु पूरा गर्ने सेबोनको प्रतिबद्धतापत्रमा हस्ताक्षर हुने बताएको छ ।




भर्खरै