२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा र गभर्नर अधिकारीबीच भेट, पूँजीबजारको समस्या समाधान गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीहरुसँग भेट गर्नुभएको छ ।

भेटमा महामन्त्री थापाले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पूँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गर्नुभएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, “अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।”

तिलक कोइरालाले अनशन तोड्ने

यसैबीच पूजीबजार सुधार र विकासका १९ बुँदे माग अघि सार्दै अनशन बस्नुभएका पूँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइरालाले अनशन तोड्ने हुनुभएको छ ।

नेपाल धितोपत्र बोड (सेबोन) ले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उहाँले आजै अनशन तोड्नुहुने बताइएको छ । सेबोन कार्यालयबाहिर कोइराला १० दिनदेखि आमरण अनशन बसिरहनुभएको छ ।

लगानीकर्ताले उठाएका मागहरु कार्यान्वयन गर्न सेबोन र संघर्ष समितिबीच लगभग सहमति भएको जनाइएको छ। सेबोन अध्यक्ष र अनशनरत कोइरालाबीच मागहरु पूरा गर्ने सेबोनको प्रतिबद्धतापत्रमा हस्ताक्षर हुने बताएको छ ।