१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ

बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
अ अ+ अ-

जनकपुरधाम। धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्ती खेपिरहेका छन् ।

निर्माणमा भएको ढिलाइका कारण उक्त स्थान दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रसमेत बनेको छ ।

ढल्केबरदेखि जटहीसम्मको सडक छ लेनमा विस्तार भइसके पनि बसही खोला पार गर्न अझै पुरानै साँघुरो पुल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

फराकिलो सडकबाट तीव्र गतिमा आएका सवारीसाधन साँघुरो पुलमा प्रवेश गर्दा चालक झुक्किने र दुर्घटना हुनेक्रम बढेको स्थानीयको भनाइ छ ।

स्थानीय विजय साहले निर्माण व्यवसायीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेको बताउनुभयो । यस अवधिमा उक्त क्षेत्रमा धेरै दुर्घटना भइसकेको र मानवीय क्षतिसमेत भएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले निर्माण सामग्रीमा समेत खिया लाग्न थालेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरका अनुसार रु १४ करोड आठ लाख २३ हजारको लागतमा नागार्जुन–हेक कन्स्ट्रक्सन जेभीसँग २०७६ असार ३१ गते सम्झौता भएको थियो । २०७८ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म करिब ४० प्रतिशत मात्र काम भएको छ ।

सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दरोगाप्रसाद साहले पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले अपेक्षित रूपमा काम नगरेपछि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सोही प्रक्रियाका कारण अहिले निर्माण रोकिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार फराकिलो सडकबाट आउने सवारीसाधन एक्कासि साँघुरो पुलमा पुग्दा चालक अलमलिने गरेका छन् । जोखिम न्यूनीकरणका लागि ट्राफिक सङ्केत राखिए पनि चालकको असावधानीका कारण दुर्घटना रोकिएको छैन ।

नेपाल–भारत व्यापार, जनकपुरधामको धार्मिक पर्यटन तथा मधेस प्रदेशको यातायात सञ्जालका दृष्टिले महत्वपूर्ण मानिने यस सडकखण्डमा पुल नबन्दा आवागमन मात्र होइन, स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित भएको जनकपुरधाम उपमहानगरपालिकाका दीपेन्द्र तिवारीले बताउनुभयो । स्थानीयवासी तथा व्यवसायीले राष्ट्रिय महत्वको यस सडक आयोजनालाई पूर्णता दिन बसही खोलाको पुल यथाशीघ्र निर्माण सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । रासस