१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

युट्युबमा छाउँदै तीज गीत

युट्युबमा छाउँदै तीज गीत
अ अ+ अ-

गण्डकी। तीज पर्व अझै करिब दुई महिना पर छ । युट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन् । साउन नलाग्दैदेखि युट्युबमा तीज गीत छाउन सुरु गरेका हुन् ।

अनेक विषय, भाव र बान्कीका तीज गीत सार्वजनिक भइरहेका छन् । गायिका एलिना चौहानको युट्युब च्यानलबाट गत शनिबार सार्वजनिक तीज गीत ‘नौरती फुली’ले दुई दिनमै झन्डै साढे चार लाख ‘भ्यूज’ बटुलेको छ ।

दीपक शर्माको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायिका चौहानसँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर छ । गीतको श्रव्यदृश्यमा कलाकार स्मारिका ढकाल, जुना सुन्दासलगायतको नृत्य र अभिनय छ । सार्वजनिक भएको छोटो अवधिमै उक्त गीतलाई दर्शक÷स्रोताले रुचाएका हुन् । चल्तीका गायिकाको मधुर गायकीले गीतलाई श्रुतिमय बनाएको छ ।

तीन दिनअघि युट्यबमा सार्वजनिक भएको गायिका देवी घर्तीमगर र सुनिता बुढामगरको तीज गीत ‘तीज आयो बरिलै’लाई अहिलेसम्म झन्डै ५० हजारपटक हेरिएको÷सुनिएको छ ।

गायिका समीक्षा अधिकारी र प्रकाश पराजुलीको स्वर रहेको तीज गीत ‘लाहूरेनी’ आइतबार युट्युबमा सार्वजनिक भएको छ । बिमल अधिकारीको शब्द र सङ्गीत रहेको उक्त गीतमा कलाकार विमल अधिकारी, सलिना खत्रीलगायत कलाकारको अभिनय देख्न सकिन्छ । यी केही प्रतिनिधि तीज गीत हुन् । जसमा कहीँ प्रेम र सौन्दर्यको चर्चा छ त कतै श्रीमान्–श्रीमतीबीचको मायावी संवाद ।

तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक हुने गरेका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधँै चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमका विषय बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई तीज गीतमा उठान गरिएको पाइन्छ । कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् । रासस