२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गनन्जय र सुस्मितालाई स्वर्ण



अ+ अ-

काठमाडौं । गनन्जय दाहाल र सुस्मिता खड्का १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए ।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा रहे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष भेट्रान ४० वर्षमाथि उमेश मानन्धरले स्वर्ण, जयराम महर्जनले रजत तथा राजु शाक्य र निकेशप्रसाद जोशीले कांस्य जिते । पुरुष भेट्रान ५० वर्षमाथि राजेन्द्र वज्राचार्य, किरण ब्यञ्जनकार तथा इन्द्रशेखर खड्का र सरदमान श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे । ६० वर्षमाथि जगदेश्वरप्रसाद जोशी पहिलो, रोशन प्रधान दोश्रो तथा ध्रुव श्रेष्ठ तेश्रो बने ।

महिला भेट्रान ५० वर्षमाथि सविता बस्नेत पहिलो, इन्दिरा पौडेल पराजुली दोश्रो र सम्झना पोखरेल तेश्रो   भए । अर्सना महर्जन तथा श्रेया शाक्य उदीयमान खेलाडी चुनिए ।