२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धी



अ+ अ-

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७ /७८ को साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो । चालु आव २०७८/७९ को सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि रु एक खर्ब ५३ अर्ब ३६ करोड ७ लाख मुल्यको २५ लाख ३१ हजार ६ सय ६० किलो लिटर इन्धन आयात भएको छ । यो गत आव भन्दा ७८.५१ प्रतिशत बढी इन्धन आयात हो ।

त्यस्तै, वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्याँसको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धी भएको छ । गत आवमा २ लाख ३९ हजार ६सय ३८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आवको सोही समयमा १८ हजार ५०० मेट्रिक टन बढी आर्थत २ लाख ५८ हजार १५० मेट्रिक टन बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात बढेपनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार दुईसय २० किलोलिटर इन्धन आयात भएकोमा चालु आवमा ३ हजार ३ सय ६० किलोलिटर कम अर्थात सात हजार ८६०किलोलिटर आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले वीरगन्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताउनुभयो । गत आवमा रु ५४ अर्ब ५३ करोड ९२ लाख रुपैया राजश्व सङ्कलन भएकोमा चालु आवमा रु १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात ७२ अर्ब ८२ करोड २६ लाख रुपैया सङ्कलन भएको बताउनुभयो । नेपालका लागि आवस्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपी ग्यास वीरगन्ज नाकाबाटै हँुने गरेको छ ।