• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम ★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने ★   चितुवाको आक्रमणबाट एक जना घाइते ★   जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो ★   महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे ★   डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री ★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा

अक्षय र आमिरको बक्स अफिसमा भिडन्त हुने



एजेन्सी । अक्षय कुमार स्टारर फिल्म ‘रक्षा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । फिल्म अगस्ट ११ अर्थात् रक्षाबन्धनको दिन रिलिज हुँदैछ ।

सोही दिन आमिर खानको ‘लाल सिंह चड्ढा’ पनि रिलिज हुँदैछ । यसलाई यो वर्षको सबैभन्दा ठूलो बलिउड भिडन्त भएको मानिएको छ ।

ट्रेलर लञ्च कार्यक्रममा अक्षयले मिडियासँग यस भिडन्तको बारेमा कुरा गर्दै त्यसलाई भिडन्त नभई, ठूलो दिन रहेको बताए ।

आमिरको फिल्मसँग टकराव भएको प्रश्नको जवाफमा अक्षय कुमारले भने, ‘यो टकराव होइन । दुईवटा राम्रा चलचित्र सँगै आउँदैछन् । यो ठूलो दिन हो । कोभिडका कारण धेरै फिल्म रिलिज भएनन् भने कतिपय रिलिजको पर्खाइमा छन् । अब एकैसाथ धेरै चलचित्र रिलिज हुनु स्वभाविक हो । आशा छ दुबै चलचित्रले राम्रो प्रतिक्रिया पाउनेछन् ।’

रक्षा बन्धनको कथा एक भाइको बारेमा रहेको छ जसले आफ्ना चार बहिनीहरूको विवाहको जिम्मेवारी वहन गर्दछ । उनकी प्रेमिकाले विवाह गर्न जिद्दी गरिरहेकी हुन्छिन् । फिल्म यही पारिवारिक मिश्रणबाट बनेको छ ।

फिल्ममा अक्षय कुमारसँगै भूमि पेडनेकर, सादिया खातिब, सीमा पाहवा, दीपिका खन्ना मुख्य भूमिकामा देखिनेछन् । फिल्मलाई आनन्द एल राईले निर्देशन गरेका छन् ।