१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शङ्खरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताउनुभो ।

टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिनुभयो ।