९ श्रावण २०८३, शनिबार
,
Latest
गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त, सरकारी छाप र दस्तखत कीर्तेमा दोषी ठहर



सर्वाेच्च अदालत
अ+ अ-

काठमाडौँ । सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् । सो सम्बन्धी मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनको प्रदेशसभा सदस्य पद गुमेको हो ।

जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत विराटनगरले सदर गरेपछि त्यसमा चित्त नबुझेको भन्दै खातुनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतले उनको निवेदनलाई खारेज गरिदिएपछि उनको पद गुमेको हो ।

गत जेठ २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको निवेदनमा मागअनुसार दाबी नपुगेको भन्दै मुद्दा दोहोर्याउन अनुमति नदिने आदेश दिएको थियो ।