२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय केन्पो असोज ८ गतेदेखि हुने



अ+ अ-

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।

विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।

अध्यक्ष पाण्डेले कोरोनो भाइरस (कोभिड– १९) का कारण सुस्त रहेको खेलकुद गतिविधिलाई अगाडि बढाउन र खुकुरी काता मार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिबृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने  छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।