• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



सभामुख अग्नि सापकोटा

काठमाडौं । प्रतिनिधि सभाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गर्नुभएको हो ।

‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुख सापकोटाले भन्नुभयो ।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजलको १९२ रुपैयाँ पुर्याएपछि सर्वत्र विरोध भइरहेको छ