२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.54

Humidity: 72

Latest
काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा आज जनआन्दोलन दिवस मनाइँदै रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा मूल्यवृद्धिबारे जवाफ दिन सरकारसँग माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै नेकपा (एमाले)की सचिव एवम् सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गर्नु भएको हो । त्यसलगत्तै सभामुख अग्नीप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गर्नु भयो ।

सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नु भयो । उहाँले सरकारले सो जवाफ नदिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताउनु भयो ।

सचिव अर्यालले भन्नु भयो, ‘मूल्यवृद्धि गर्दै जनतालाई आहात दिने काम गरेको छ, राहत दिने काम गरेको छैन । त्यसैले यो बेला राहत दिने बेला हो सभामुख महोदय । जनतालाई आहात दिने बेला होइन । आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ । यो कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले जनताको आवाजहरु यो संसदमा बोल्नैपर्ने हुन्छ, सभामुख महोदय । त्यसैले मैले जनताको तर्फबाट, नेकपा एमालेको तर्फबाट सम्माननीय सभामुखमार्फत् यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईप¥यो ? यसको जवाफ चाहन्छौं हामी सभामुख महोदय । त्यसैले जनताको जीवनसँग जोडिएको, जनताको जीविकासँग जोडिएको यस्ता महत्वपूर्ण विषयहरुमा बाध्यता के आईलाग्यो ?

किन मूल्य बढाइयो भन्ने सन्दर्भमा माननीय मन्त्रीज्यूले यो सदनलाई आएर जवाफ नदिँदासम्म, जनतालाई चित्तबुझ्दो जवाफ नआउँदासम्म यो देशको सबभन्दा ठूलो पार्टी, यो संसदको सबभन्दा ठूलो दल आज प्रतिपक्ष बेन्चमा छ, नेकपा एमाले । नेकपा एमालेले यसको सही जवाफ नपाउँदासम्म, चित्त नबुझ्दासम्म सदन चल्न सक्दैन सभामुख महोदय । त्यसैले सम्माननीय सभामुखज्यूको तर्फबाट आज नै जवाफ दिनको निम्ति माननीय मन्त्रीलाई रुलिङ गर्नका निम्ति हार्दिक आग्रह गर्न चाहन्छु ।’

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गर्नु भएको थियो ।