८ पुष २०८२, मंगलवार
,
Latest
वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस (बिपी)का नेताहरू राप्रपामा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष सुदर्शन सिटौला, सह महामन्त्री दिपक कार्की सहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराउनु भएको हो ।

साथै केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुब थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायत दुई दर्जन नेताहरू साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठ सहित सामाजिक जीवनका विभिन्न व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो ।

संक्षिप्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश र धर्मको जोगाउने राप्रपाको अभियानमा समाहित हुनुहुने सबैको जीवनको सर्वेोत्तम निर्णय भएको र राप्रपा प्रतिको विश्वासलाई पश्चातापमा बदल्ने दिन कहिल्यै आउन नदिने बताउनुभयो ।