१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस (बिपी)का नेताहरू राप्रपामा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष सुदर्शन सिटौला, सह महामन्त्री दिपक कार्की सहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराउनु भएको हो ।

साथै केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुब थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायत दुई दर्जन नेताहरू साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठ सहित सामाजिक जीवनका विभिन्न व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो ।

संक्षिप्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश र धर्मको जोगाउने राप्रपाको अभियानमा समाहित हुनुहुने सबैको जीवनको सर्वेोत्तम निर्णय भएको र राप्रपा प्रतिको विश्वासलाई पश्चातापमा बदल्ने दिन कहिल्यै आउन नदिने बताउनुभयो ।