२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान



अ+ अ-

जेनेभा । अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने पनि बताएको छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ ।
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको छ । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन् । 

गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए । उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताएका थिए । यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरु निकै नै ठूलो जोखिममा परेका भन्दै उनले भने– हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ । 

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै संयुक्त राष्ट्रसंघले तालिबानलाई सहयताकर्मीहरुलाई यहाँका विभिन्न स्थानमा उनीहरुले सहयोग गर्न पुगे भने उनीहरुलाई नरोक्न पनि आह्वान गरेको छ । तालिबान लडाकूहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए ।

हाल पनि अफगानिस्तानका लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ ।