५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीको लहरो सेनासम्म पुग्यो, सेनापतिलाई संसदीय समितिले बोलायो



अ+ अ-

काठमाडौं । अन्ततः अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को लहरो नेपाली सेनासम्म पुगेको छ । नेपाली सेनाले नै एसपिपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि लहरो तान्दा पहरो थर्किएको हो । यसअघि वर्तमान सरकारले एमालेको पूर्व सरकारलाई र एमालेले वर्तमान सरकारलाई एसपिपी सम्झौतामा जान लागेको भनी दोषारोपण गरिरहेका थिए ।

बुधबार मात्रै अमेरिकी दूतावासले एसपीपी सम्बन्धी कुनै सम्झौता पत्रमा हस्ताक्षर गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको बताएको थियो । नेपाल स्थित अमेरिकी दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको थियो । त्यसको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दैै नेपाली सेनाले कुनै पनि सैन्य गठबन्धनमा नरहेको र रहने प्रक्रिया नभएको जनाएको थियो ।

तर पनि नेपाली सेनाको सो विज्ञप्ति केही घन्टामात्र टिक्न सक्यो । सेनाको सो विज्ञप्तिको केही घन्टाभित्रै बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौंस्थित अमेरकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको छ । सो पत्र सार्वजनिक भएपछि भने पूर्ववत एमाले सरकार र यता नेपाली सेनाको संलग्नता खुल्न आएको छ ।

उता सो पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वर्तमान प्रधानसेनापति प्रभुराम शर्मालाई समितिको भोलिको बैठकमा बोलाएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको जनाएको छ ।

संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो । समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुलाई छलफलमा बोलाइएको हो ।

उक्त समितिको बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाएको संसदीय समितिले जानकारी दिएको छ ।




भर्खरै