५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीमा अनुबन्धका लागि सन् २०१५ को अक्टोबर २७मा नेपाली सेनाले पठाएको पत्र सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ ।सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाले पठाएको पत्र सार्वजनिक भएको हो ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना. बी. टेप्लिजलाई पठाएको पत्र सार्वजनिक भएको हो । पत्रमा एसपीपीमा सहभागिताका लागि आग्रह गरिएको छ ।

स्टेट पार्टनरसिप प्रोग्रामका बारेमा तिव्र विवाद र बहस भै रहेको बेला बुधबार साँझ सेनाले बिज्ञप्ति जारी गर्दे स्टेट पार्टनरसीप प्रोग्राम एसपिपि सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको जनाएको थियो ।

बिहीबार बिहान एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपीको कार्यन्वयन गर्ने काम सन् २०१९ मा केपी ओली सरकारले गरेको बताउनुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभएको थियो, “एसपीपी सम्झौता हुँदैछ भन्ने प्रचार झुटो हो, बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ।”

दाहालको भनाईको प्रतिबाद गर्दे  एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले अमेरिकासँग एसपीपी सम्झौता ओली सरकारका पालामा भएको प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिनुभएको हो । उहाँले एसपीपी सम्बन्धमा सत्ता गठबन्धनका नेताहरुले झुटो बोलेको बताउनु भएको थियो ।

उहाँले भन्नुभएको थियो ‘केपी शर्मा ओलीको पालामा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता भएको प्रमाणित गर्न नेकपा (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन्छु ।’