२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।

बिहीवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सार्वभोम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु रहेकोले बिना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सिमित रहेको दाी गर्नुभयो ।

उहाँले एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमसीसी परियोजना अब कार्यान्वयनमा गइसकेको छ ।

जुन उद्देश्यका साथ एमसीसी परियोजना लागू भएको छ नेपालमा संसदबाट करिव करिव सहमतिमा एमसीसी परियोजना लागू भएको हो । यसबाट नेपाली जनताले पाउने प्रतिफल
देखिँदै जानेछ । एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि हामी सबैले साझा प्रयत्न गरौँ ।

हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । र एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु छन् । ती प्रक्रियाबिना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो । यसमा कुनै सत्यता छैन ।’

मन्त्री कार्कीले एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि सबैले साझा प्रयत्न गर्नुपर्ने बताउनु भयो ।