२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी सम्झौतामा सरकारले हस्ताक्षर गर्न लागेको भन्दै एमालेको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेले अमेरिकाले प्रस्ताव गरेको सो सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगायो ।

बैठकको विशेष समयमा बोल्दै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने र त्यसलाई एमालेले हुन नदिने बताए ।

नेता ज्ञवालीले छिमेकी र शक्ति राष्ट्रहरुको भिन्न भिन्न स्वार्थ र रणनीति हुने बताए । त्यस्तो स्वार्थ र रणनीतिमा नेपाल साझेदार बन्न नहुने उनको भनाइ थियो ।

सगरमाथा आरोहणका क्रममा एक रुसी आरोहीले सगरमाथाको चुचुरोबाट अर्को मुलुकविरुद्ध झण्डा उचालेको भन्दै उनले सरकारको आलोचना गरे ।

नेपाल र नेपालीको गौरव, पहिचान र शान भएको सगरमाथाको चुचुरोबाट एउटा देशका विरुद्ध झण्डा उचाल्ने कामले सगरमाथालाई पनि रणनीतिक मैदानको थलो बनाउन खोजेको उनको प्रतिक्रिया थियो ।