६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप ६५ सय नयाँ सङ्क्रमित, अघिल्लो दिनभन्दा १८ प्रतिशत कम



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो दिन सोमबार सार्वजनिक गरेको विवरणमा आठ हजार ८४ जना नयाँ सङ्क्रमित भएको देखिएको थियो ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ५० हजार ५४८ रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा चार हजार ३५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड २६ लाख ६१ हजार ३७० पुगेको छ ।