२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलको वाच, आइप्याड र एअर पोड्स अब बजारमा उपलब्ध, यस्तो छ फिचर



अ+ अ-

काठमाडौं । एप्पलको यो वर्षको सबैभन्दा ठूलो लन्चिङ इभेन्ट सुरु भएको छ । एप्पलका धेरै प्रशंसक तथा प्रयोगकर्ता यस इभेन्टको पर्खाइमा थिए । मङ्गलबार राति १०:४५ मा सुरु भएको भर्चुअल इभेन्टमा एप्पलको आइफोन-१३ सिरिजका आइफोन-१३, आइफोन-१३ मिनी, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो-म्यक्स स्मार्टफोन लन्च भएसँगै AirPods 3, Watch Series 7  तथा Apple iPad mini 6 पनि सार्वजनिक भएका छन् ।

Watch Series 7
एप्पलले आज आफ्नो लेटेस्ट Watch Series 7 पनि बजारमा उतार्दै छ । यो घडी स-साना बेजेल्स र फ्लाट(किनारा भएको डिजाइनमा आउने बताइँएको छ । यसमा एउटा सानो एस सेभेन चिप्स रहनेछ जसले ठूलो ब्याट्री र अन्य कम्पोनेन्टसका लागि बढि स्पेस दिने खुलाइएको छ । यो चिप्ससेट ताइवानको एएसई प्रविधिमा आधारित रहनेछ । यो घडीको ब्याट्री पहिलेको तुलनामा बढी शक्तिशाली भएको दाबी गरिँदै छ ।

एप्पल iPad mini 6
एप्पल  iPad mini 6 लेटेस्ट फिचर्सका साथ आउँदै छ । यसको अगाडिको ब्रेजेल्स अल्ट्रा-थिन रहनेछ । एप्पलले आफ्नो यो आइप्याडको भोल्यूम बटन माथि दिएको बताइन्छ भने पावर बटन भोल्युम बटनको अपोजिटमा रहनेछ । यसको डिस्प्ले ९ इन्चको छ र यो ए-१४ बायोनिक प्रोसेसरले सुसज्जित छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ५० हजार रुपैयाँ जति हुने अनुमान छ ।

AirPods 3
एप्पलको यो इभेन्टमा थर्ड जेनरेसनको AirPods पनि सार्वजनिक हुँदैछ । AirPods 3 नाम दिईएको यो AirPods को डिजाइन AirPods Pro कै जस्तो छ । यो AirPods मा एउटा वायरलेस चार्जिङ केस पनि प्राप्त हुनेछ । जसमा पहिलेको तुलनामा बीस गुणा ठूलो ब्याट्री राखिएको छ । यसको मूल्यबारे अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।