३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दैनिक प्रयोगमा आउने नुन कति खाने ? थाहा पाउनुहोस्

दैनिक प्रयोगमा आउने नुन कति खाने ? थाहा पाउनुहोस्
अ+ अ-

काठमाडौं । दैनिक भान्सामा नभइ नहुने खाद्य परिकार नुन हो । स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्त्वपूर्ण तत्त्व हो । विश्व स्वास्थ्य संगठनका अनुसार दिनमा एक व्यक्तिले पाँच ग्रामभन्दा बढी नुन खाए स्वास्थ्यका लागि खतरापूर्ण हो ।

बेलायतस्थित एक्सन अन साल्टले भर्खरै स्वस्थ्यवर्द्धक खाद्य सामग्री बनाउन दाबी गर्ने विभिन्न कम्पनीका एक सय १९ प्याकेटमा एक अनुसन्धान गरेको छ । ४३ प्रकारका उत्पादनमा नुन, फ्याट र चिनीको मात्रा चाहिनेभन्दा बढी भएको पत्ता लाग्यो । फास्टफुडजन्य प्याकेटमा स्वास्थ्यका लागि राम्रो भनेर लेखिए पनि व्यवहारिक रूपमा गुणस्तरीयता नभेटिएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।

यस्तै लन्डनको क्विन मेरी विश्वविद्यालयले पनि स्वस्थबर्द्धक भनिएका फास्टफुड प्याकेजिङमा अनुसन्धान गर्‍यो । नुनको मात्रा आवश्यकताभन्दा बढी भएको प्रमाण फेला पर्‍यो । अनुसन्धानकर्ताले हेल्दी स्न्याक्स भनेर लेखिएको सय ग्राम चिप्सको प्याकेटमा ३ दशमलव ९ ग्राम नुन फेला पारेका छन् । विश्व स्वास्थ्य संगठनले दिनमा पाँच ग्राम नुन मात्र खान सल्लाह दिइरहेका बेला सय ग्राम चिप्समा करिब ४ ग्राम नुन राखिनु स्वास्थ्यका लागि घातक हुने मेरी विश्वविद्यालयले निष्कर्ष निकालेको छ । एउटा मानिसले एउटा सानो चिप्समा ४ ग्राम नुन सेवन गर्छ भने दिनभरि उसले चाहिनेभन्दा बढी नुन खाने गरेको विश्वविद्यालयको ठहर छ । बेलायतमा पाइने खाजाजन्य प्याकेटहरू स्वास्थ्यका दृष्टिकोणले ठीक नभएको मेरी विश्वविद्यालयको निष्कर्ष छ ।

यता नेपाल र छिमेकी देश भारतमा उत्पादन हुने खाजाजन्य सामग्रीको अवस्था पनि उस्तै छ । अन्य देशको तुलनामा भारतमा उत्पादन हुने फास्टफुड नेपालीले बढी उपभोग गरिरहेका हुन्छन् ।

एक वैज्ञानिक संस्थाले हालै गरेको अनुसन्धानअनुसार भारतीय बजारमा उत्पादन हुने जंक फुडमा आवश्यकताभन्दा बढी नुन फेला परेको छ । उक्त संस्थाले प्रसिद्ध ब्रान्डको पिजा, बर्गर, चिप्स, तयारी चाउचाउ, स्यान्डविचलगायत खाद्य सामग्रीको प्याकेट नमुना संकलन गरी परीक्षण गरेको थियो । अनुसन्धानले नुन आवश्यकताभन्दा बढी वा खतरनाक स्तरमा राखिएको पत्ता लगाएको छ ।

उक्त अनुसन्धानमा भारतमा धेरै बिक्री हुने मल्टी ग्रेन चिप्स र ब्रेड स्न्याक्स पनि सामेल गरिएको थियो । उक्त अनुसन्धान गर्न दिल्लीका विभिन्न बजारबाट ३३ वटा नमुना संकलन गरिएको थियो । ३३ मध्ये १४ नमुनाहरू चिप्स, सुप र नमकिनको लिइएको थियो । १९ नमुना भने बर्गर, पिजा र फ्रेन्च फ्राइजका थिए । ३० ग्रामको मल्टी ग्रेन चिप्समा ५ दशमलव १ ग्राम नुन राख्ने गरिएको अनुसन्धानले देखाएको छ । २ सय ३० ग्राम आलुको भुजियामा ७ ग्राम नुनको मात्रा राखेको पाइयो । सबै खानामा मिलाएर एक दिनमा न्यूनतम ५ ग्राम खानुपर्ने हुन्छ । तर उक्त परिमाणभन्दा बढी नुन साना स्न्याक्स प्याकेटमा राख्नाले मानव स्वास्थ्यमा कतिसम्म असर गर्ला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै ७० ग्राम चाउचाउको प्याकेटमा ५ दशमलव ८ ग्राम, तयारी वा इन्स्टान्ट सुपमा ११ दशमलव ७ ग्राम नुन भेटिएको छ । जुन परिमाणको नुन दुई दिनमा खानुपर्छ त्योभन्दा पनि बढी नुन सुपमा पाइएको हो । स्वादको चक्करमा मानिसले दिनभरि विभिन्न खानाका परिकारमा कतिसम्म नुन खाँदोरहेछ यी उदाहरणहरूबाट प्रष्ट हुन्छ ।

स्वाद खोजेर धेरै नुन खाँदा मानिस विभिन्न रोगको शिकार हुने चिकित्सकहरू बताउँछन् । नुनको सेवन स्वाद र दिमागसँग पनि जोडिएको हुन्छ । दिनमा ५ ग्रामभन्दा बढी नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने, मिर्गौलामा असर गर्नेजस्ता समस्या हुनसक्छ । यस्तै कम नुन सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने र मांसपेसी खुम्चिनमा पनि समस्या हुने गर्छ । राम्रो स्वास्थ्यका लागि दिनमा बढीमा एक चम्चा र धेरै कम नुन पनि सेवन गर्न नहुने चिकित्सकको सल्लाह छ । (बिभिन्न एजेन्सीको सहयोगमा)