२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमा संघीय र प्रदेशसभाको निर्वाचन हुन्छ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरको पहिलो सातामा संघीय र प्रदेशसभाको निर्वाचन हुने बताउनुभएको छ । बर्दियामा आयोजना गरिएको पार्टीको कार्यक्रममा उहाँले सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग आगामी मंसिरमा निर्वाचन गर्नेसम्बन्धमा समझदारी बनेको बताउनुभयो ।

सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साता निर्वाचन गर्नेबारे समझदारी भएको छ । उहाँले एकै चरण वा दुई चरणमा निर्वाचन गर्ने भन्नेबारे निर्णय भइनसेको जानकारी दिँदै यद्यपि एकै चरणमा निर्वाचन गर्ने सम्भावना रहेको बताउनुभयो ।

सुरक्षाका दृष्टिकोणले दुई चरणमा निर्वाचन गर्ने भन्ने कुरा आएको भन्दै उहाँले शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।




भर्खरै