१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।

बैठकमा गत वैशाख मसान्तमा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यस्तै, गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षणका विषयमा पनि छलफल हुने बताइएको छ ।

आइतबार एमालेको केन्द्रीय कार्यालय (महासचिवको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने) को बैठक च्यासलमा बसेको थियो । उक्त बैठकले आजको सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गरेको थियो ।