४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोटः नेपालले घरेलु टोली कुवेतको सामना गर्दै



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (शनिबार) आयोजक राष्ट्र कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेत इन्डोनेसियासँग स्तब्ध बनेको थियो ।

छनोटको समूह ‘ए’मा रहेको नेपाल अंक विहीन रहँदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।

छनोटको समूह ‘ए’ मा नेपाल, जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । नेपालले यो खेलपछि ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

समूहको शीर्ष टोली एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोली पनि एसियन कप खेल्न पाउनेछ ।